दफा ३१
नामको अधिकार हुने

(१) प्रत्येक व्यक्तिलाई जन्मनासाथ नामको अधिकार हुनेछ र आफ्नोनामको सम्मानजनक तवरले उपयोग गर्न पाउनेछ।
(२) प्रत्येक व्यक्तिलाई आफ्नो नाम, इज्जत र प्रतिष्ठाको रक्षा गर्ने अधिकार हुनेछ र त्यस्तो अधिकार अन्य व्यक्तिमा हस्तान्तरण हुन सक्ने छैन।
(३) कसैले पनि अन्य व्यक्तिको नाम दुरूपयोग गर्न पाउने छैन ।